Logo

खेलकुद

सन्दीप लामिछाने आज यूएई जाँदै



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाने जाँदै छन् । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि यूएई पठाउन लागेको हो ।

विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल सहभागी छ । विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन् । सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेपछि यूएई जाने बाटो खुलेको हो ।

क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई आज यूएई पठाउन लागिएको जानकारी दिए । उनका अनुसार आईसीसीसँग कुराकानी भइरहेको छ ।

यूएईमा खेलिरहेको राष्ट्रिय टिमका एक–दुई खेलाडी चोटग्रस्त भएकाले एकजनालाई सन्दीपले प्रतिस्थापन गर्ने गरी पठाउन लागिएको उनको भनाइ छ । कसलाई प्रतिस्थापन गर्ने भन्ने चाहिँ टिम म्यानेजर र प्रशिक्षकले तय गर्ने उनले बताए ।

आईसीसीको प्रावधान अनुसार कुनै पनि श्रृंखलाको बीचमा खेलाडी घाइते भएमा उसलाई रिजर्भमा रहेको अर्को खेलाडीले प्रतिस्थापन गर्न सक्छ । सन्दीप अहिले रिजर्भ खेलाडीका रुपमा छन् । भोलि नेपालले यूएईसँग दोस्रो महत्त्वपूर्ण खेल खेल्दैछ । पहिलो खेल (फागुन १५)मा पीएनजीलाई नेपालले ४ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार ११:४४   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।