Logo

प्रमुख समाचार

‘कोसी’ पक्षमा उभियो माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको छुट्टै प्रस्ताव



काठमाडौं । प्रदेश १ को नाम कोसी राख्ने नेकपा एमाले र नेपाली कांग्रेसको प्रस्तावमा नेकपा माओवादी केन्द्रले पनि समर्थन जनाएको छ । पहिचानको पक्षमा रहेको माओवादी केन्द्रले पनि कोसीमा मतदान गर्ने निर्णय गरेको माओवादी केन्द्र प्रदेश १ सांसद गणेश उप्रेतीले जानकारी दिए ।

यसअघि माओवादी केन्द्रले पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेको थियो । तर संसदीय दलको बैठकले कोसीको पक्षमा मतदान गर्ने निर्णय गरेको उनले बताए ।

तर नेकपा एकीकृत समाजवादी र जसपाले छुट्टै प्रस्ताव दर्ता गरेका छन् । संसद सचिवालयमा दुई दलका सांसदले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरेका हुन् ।

एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् ।

  • याे पनि…

प्रदेश-१ को नाम ‘कोसी’ राख्न एमाले र कांग्रेसद्वारा संसद् सचिवालयमा प्रस्ताव दर्ता

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १३:२२   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।