विराटनगर । प्रदेश १ को नाम ‘कोसी’ स्वीकृत भएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा ‘कोसी प्रदेश होस्’ भनी गरिएको प्रस्ताव प्रदेशसभाले पारित गरेको छ । अब कोसी प्रदेशको विषयमा सभामा छलफल हुनेछ ।
एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताव ध्वनी मतले पारित भएको हो । काेशीकाे पक्षमा ८२ जनाले हात उठाएका छन् । दुईतिहाई भन्दा बढी सदस्यहरुले पक्षमा हात उठाएपछि उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ ।
समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए । कोसीको प्रस्तावमा ध्वनी मत आएपछि किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको छ ।




















प्रतिक्रिया