Logo

राजनीति

पर्यटन क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ : मन्त्री किराँती



काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस सेन्टर नेपाल बाँकेले आज नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री किरातीले देशको समृद्धि र आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य भएकाले सरकार योजनाबद्ध तवरले अगाडि बढेको बताए ।

“हवाई सुरक्षाका लागि प्राविधिक जाँच र फेरबदलसम्मका विषयमा कडाइ गर्न सम्बन्धित सबैलाई निर्देशन जारी गरिसकिएको छ”, मन्त्री किराँतीले भने, “हवाई यातायातको विस्तारका लागि सरकारले देशका सबै विमानस्थलको विकास र स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ ।”

मन्त्री किरातीले वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरण र पर्यटन विकासको क्षेत्रमा सुधार गर्न सम्बन्धित विभाग प्रमुखलाई सय दिनको समय दिइएको बताउँदै नेपाल वायुसेवा निगमलाई सक्षम र सबल बनाएर देशका विभिन्न विमानस्थलमा उडान विस्तार गर्ने दाबी गरे । मन्त्री किराँतीले नेपालगञ्ज विमानस्थलमा रु तीन अर्ब बढीको लगानीमा अत्याधुनिक टर्मिनल भवन निर्माण सुरु गरेको बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार २१:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।