Logo

खेलकुद

नेपाल यू–१९ यूएईविरुद्ध पहिला ब्याटिङमा



काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ । अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर नेपालले ब्याटिङको निर्णय लिएको छ ।

सुरुआती चार खेलमा अपराजित दुवै टोलीबीचको खेल केही समयमा सुरु हुँदैछ । समान अंक रहे पनि यूएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपाल २०१६ पछि यू–१९ विश्वकप खेल्ने सोचमा हुनेछ । यूएईसँग नेपाल २०१९ मा भोगेको एक रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ ।

मलेसियाको किनारारा ओभल क्रिकेट एकेडेमीमा नेपाल २०१९ अप्रिल १३ मा युएईसँग डीएल मेथडका आधारमा एक रनले पराजित भएको थियो ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  ११ : १२ बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।