Logo

अर्थ

बिपिडब्लु लघुवित्तले आईपीओ निष्कासन खुला



काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज (फागुन १८ गते) बाट सर्वसाधारणका लागि निष्कासन गरिएको छ। संस्थाले जारी पुँजीको ३ करोड रुपैयाँको ३२।३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको थियो।

जसमा १० प्रतिशतले हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। संस्थाले जारी पुँजीको ०।५ प्रतिशतले हुन आउने १ हजार ५०० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी ८० हजार ९५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

यो आईपीओको निष्कासन बन्द भने छिटोमा फागुन २३ गते र ढिलोमा चैत २ गते बैंकिङ समयपछि हुनेछ। बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  ११ : २४ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।