Logo

समाचार

गोकर्णेश्वरमा निःशुल्क योग शिविर



काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क योग शिविर सुरु गरेको छ ।

नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र नारायणटार जोरपाटीमा नगरस्तरीय योग शिविर सुरु गरिएको हो । योग शिविरको शुभारम्भ गर्दै गोकर्णेश्वर नगर प्रमुख दीपककुमार रिसालले प्रत्येक वडामा कम्तीमा एउटा योग भवन बनाउने लक्ष्यका साथ काम भइरहेको बताए ।

नगर क्षेत्रमा हाल १५ स्थानमा नियमित योग शिविर सञ्चालन भइरहेको र यसका लागि आवश्यक सहयोग गरिएको उनले जानकारी दिए । वडा नंं.५ का अध्यक्ष नारायणबहादुर सुवेदी एवं वडा नं.६ का अध्यक्ष नवराज लामाले शारीरिक एवं मानसिक स्वस्थताका लागि सबैलाई नियमित योग अभ्यासमा प्रेरित गर्नुपर्नेमा जोड दिए थिए ।

साधवी देवादितीले प्रशिक्षण दिएको कार्यक्रममा पतञ्जलि योग समिति वाग्मती प्रदेशका सहप्रभारी मोहनमान श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष सुरेन्द्र रिमाल, महिला अध्यक्ष हीरा अधिकारी, गोकर्णेश्वरका नगर संयोजक प्रमेश अधिकारीलगायतका योग प्रशिक्षकले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  १२ : २८ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।