Logo

प्रमुख समाचार

राष्ट्रपतिले अरुको इशारामा नागरिकता विधेयक रोक्नुभयो : उपाध्यक्ष अर्याल



काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी अरुको इशारामा चल्ने गरेको बताएकी छन् । अरुकै इशारामा चलेर राष्ट्रपतिले नागरिकता विधेयक रोकेको उपाध्यक्ष अर्यालको आरोप छ ।

बिहीबार पत्रकारहरूसँगको भेटघाटमा उपाध्यक्ष अर्यालले राष्ट्रको अभिभावक कुनै दल विशेषको इशारामा चल्न नहुने बताइन् । ‘राष्ट्रपति कसैको इशारामा चल्ने होइन नि । राष्ट्रपति त देशको अभिभावक हो नि, पार्टीको लेभलभन्दा माथि उठ्न पर्‍यो नि’, उनले भनिन् ।

उही व्यहोराको नागरिकतासम्बन्धी अध्यादेश पारित गर्ने राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुको कुनै औचित्य पुष्टि नभएको अर्यालको भनाइ थियो । त्यस्तै उनले संवैधानिक भूमिकामा रहने सबैले आफ्नो मर्यादा र सीमा नाघ्न नहुने बताइन् ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  १ : ४२ बजे