काठमाडौं । राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट माग्दै नेकपा एमालेका नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय बसुन्धारा पुगेका छन् । पार्टी उपाध्यक्ष एवं म्मेदवार नेम्वाङसहित अर्का उपाध्यष विष्णु पौडे, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायतका नेताहरु वसुन्धारा पुगेका हुन् ।
भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे रास्वपा सभापति रवि लामिछानेसँग एमाले नेताहरुले छलफल गरेका छन् । रास्वपाबाट सभापति लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेताहरु सहभागी छन् ।
यसअघि बिहीबार नै एमाले नेताहरुले नेकपा एकीकृत समाजवादीका नेताहरुसँग भेटेर राष्ट्रपतिमा नेम्वाङका लाग मत मागेका थिए ।
- याे पनि…
एकीकृत समाजवादीसँग एकखालको सहमति भएको छ : पृथ्वीसुब्बा गुरुङ
प्रतिक्रिया