Logo

खेलकुद

आईसीसी क्रिकेट लिग २ : नेपालद्वारा पीएनजी ३ विकेटले पराजित



पाँच ओभरमा २ तथा ५३ रनमा ५ विकेट गुमाइसकेको अवस्था रहे पनि नेपालले पपुवा न्युगिनीविरुद्ध महत्वपूर्ण जीत निकालेको छ। नेपालले २ ओभर बाँकी छँदै सनसनीपूर्ण ३ विकेटको जीत निकालेको हो।

टस जितिर ब्याटिङमा उत्रिएको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १८० रन बनाएको थियो। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत दुबई इन्टरनेसनल स्टेडियममा सामान्य लक्ष्य पाएको नेपालको पहिलो बलमै विकेट गुमेको थियो। त्यसपछि पनि लगातार विकेट झर्ने क्रम नरोकिएको पछि नेपालले खेल हार्ने सम्भावना बढेको थियो।

यस्तोमा नेपालका आशिफ शेख र सन्दीप लामिछानेको साझेदारीले नेपालको इनिङलाई जीवनदानु दिए । नेपालका कप्तान रोहित पौडेल ८ बलमा मात्र १ रन बनाएर आउट भएका थिए भने आरिफ शेख मात्र ३ बलमा १ रन बनाएर पेभेलियन फर्किएका थिए।

ज्ञानेन्द्र मल्ललाई ६ रनमै गुमाएको नेपालले भीम सार्कीलाई ८ रनमा गुमाएको थियो। प्रतियोगितामा योसहित ६ खेल खेल्न बाँकी नेपाललाई शीर्ष ३ मा स्थान बनाउन सबै खेल जित्नैपर्ने दबाब छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १९:०२   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।