काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नकारात्मक सोच भएका र कुण्ठाग्रस्त समूहविरुद्ध विचार प्रवाह गरिरहनु पर्ने बताएका छन् । उनले विरोधी जमातले संगठित र सक्रिय ढंगले सामाजिक संजालबाट एकैपटक आक्रमण गर्न सक्ने भए पनि त्यसबाट आत्तिन नहुने सुझाव दिएका छन् ।
एमालेनिकट बुद्धिजिवी परिषद्को केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘सयजना विरोधीले एकैपटक आक्रमण गरे भने नआत्तिनुस्, तपाईको विचारबाट उनीहरु तर्सिए,आत्तिए र एकैपटक आक्रमण गर्न संगठित ढंगले सक्रिय भएका हुन् ।
ओलीले नकारात्मक टिप्पणीको बाढी आउनु भनेको विचारसँग विरोधी आत्तिएर खनिनु मात्र एको बताए । ‘उनीहरुले तपाईँको विचारलाई इग्नोर गर्न सक्थे तर तपाईँको प्रस्तुति यति प्रभावकारी छ कि उनीहरुले इग्नोर गर्न सक्दैनन् र संगठित ढंगले हमला गर्छन् ।’ ओलीले आजको सोसल मिडिया र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर बौद्धिक जगतमा हाबी हुन बुद्धिजिवीहरुलाई आग्रह पनि गरे ।
ओलीले भने, ‘तपाईँ हाम्रा विचारबाट उनीहरु आत्तिनुपर्छ । हाम्रा विचारबाट उनीहरुले खतरा महशुस गर्नुपर्छ । विपक्षीलाई खतरा महसुस हुनु, उल्टो विचार र बुद्धि भएकालाई खतरा पैदा हुनु स्वभाविक हो । उनीहरुले हाम्राविरुद्ध जति नकारात्मक कमेन्ट गर्छन् त्यो भनेको उनीहरुलाई खतरा भएर गरेका हुन् । हामीले त्यो खतरालाई सक्रियतापूर्वक बृद्धि गरिदिनुपर्छ । माओवादी युद्धकालमा पनि शालिक ढले,शास्त्र जले तर विचार ढलेन । हामी त्यस्तै विचार बोक्ने शक्ति हौं ।’




















प्रतिक्रिया