Logo

अर्थ

‘एनआईसी एशिया बैंकले धेरैलाई सुकुम्बासी बनाएको छ’



काठमाडौं । पछिल्लाे सयम धेरै विवादमा तानिरहने बैंक हाे-एनआईसी एशिया । एनआईसी एशियाकाे एक पछि अर्काे विवादित प्रकरण सार्वजनिक भइरहेका बेला मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि याे बैंककाे अवैध कदमप्रति खनिएका छन् । व्यवसायी प्रसाईंले एनआईसी एशियाले धेरै सर्वसाधारणलाई सुकुम्बासी बनाएको आरोप लगाएका हुन् । पटक पटक विभिन्न विवादमा मुछिँदै आएको एनआईसी एशिया जस्ता बैंककै कारण दुई/अढाइ लाख परिवार घर र देश छाड्न बाध्ये बनेको उनले बताए ।

शनिबार नयाँ बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी प्रसाईंले भने, ‘यस्ता बैंक, लघुवित्त तथा सहकारीको कारणले देश छोडेर घर बन्द गरेर दुई/ढाईलाख परिवार विदेश गइसके । बैंक भनेको काल हो । सकैलाई छोड्नेवाला छैन । सबैभन्दा बढी गर्ने एनआईसी एशिया बैंक हो । यसले धेरैलाई सुकुम्बासी बनाएको छ ।’

बैंक तथा वित्ती संस्थले कतिलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै नले भने, ‘यसको कारणले आत्महत्या गर्ने होइन । बाँचेर लड्नुपर्छ यिनीहरुविरुद्ध । भोकै लडौं तर बाँचेर लडौं ।’ गाउँमा लघुवित्त र सहकारीको किस्ताको कारण दिनभरी जंगलमा गएर लुक्नुपर्ने, नभए विष खाएर कि झुन्डिएर मर्नुपर्ने अवस्था रहेको उनले सुनाए ।

एनआईसी एशियालाई ब्यांग्य गर्दै उनले भने, ‘बैंक भनेको साथी भन्थे तर आज सत्रु भयो । हामी रुखमा झुन्डिन बाध्य छौं, तर यहाँका केही मारवाडी समुदायका मान्छेले श्रीलंकामा बैंक किने, हामी यहाँ भोकभोकै मर्न तयार छौं, हाम्रो देशको पैसा लगेर दुवैमा भिल्ला किनेर राखेका छन् ।’

समग्र बैंकिङ क्षेत्रमाथि आक्रोश पोखेका प्रसाईंले आलोपालो सत्ता विराजमान हुने सबै नेताहरुमाथि पनि प्रश्न उठाए । मुलुकमा यी अनेक हुनुमा उनीहरु नै जिम्मेवार हुने भन्दै यसतर्फ ध्यानै नदिइएको बताए । ‘संसारमा राज्यले चाह्यो भने के हुँदैन ? दुर्गा प्रसाईं एउटा व्यक्तिले चाहँदा यत्ति ठूलो (कार्यक्रममा उपस्थित मासलाई देखाउँदै) मास जम्मा हुँदो रहेछ भने राज्यले चाहँदा हुँदैन ?’, उनको प्रश्न छ ।

जताले राज्यसँग धेरै कुरा नमागेको प्रसाई बताउँछन् । तर सरकारले बाँच्न र गरिखाने वातावरणसमेत नबनाइदिएको उनको आरोप छ । ‘हामीले बाँच्न र गरिखान देउ, मुलुकको विकास हुने गरी काम गर्छौं, पैसा पनि कमाउँछौं र हामी कर पनि बुझाउँछौं भनेका हौं’, ‘तर वातावरण बनाइदेउ भन्दा, त्यो वातावरण नपाएपछि हामी आन्दोलित हुनु परेको हो ।’

प्रसाईंले सीमित घरानाका सीमित व्यक्तिको हातमा मुलुक रहेको र उनीहरुकै गुलाम सबै जनता हुनुपरेको बताए । उनले भने, ‘५०/५५ जना व्यापारी र १०/१५ जना नेताका गुलाम भएका छौं हामी ३ करोड जनता ।’

सरकारले जनताबाटै उठाएको पैसा महँगो ब्याजदरमा लाएर जनतालाई नै मारमा पारेको बताए । ‘सरकारले जनताबाटै कर उठाउँछ । भन्सार लिन्छ । अनि राष्ट्रबैंकमार्फत त्यही पैसा १६ प्रतिशत ब्याजमा लाउँछ’, उनले भने, ‘यो हुनु हुँदैन । सरकारको पैसा जनताले ५ प्रतिशत व्याजमा चलाउनु पाउनुपर्छ ।’

धेरैजसो बैंकले एक अर्बको ऋण स्वीकृत गरे भने २० करोड मात्र थमाउने गरेको प्रसाईंले बताए । ‘हस्पिटलको बेडमा सुतिरहनेलाई पनि त्यहीँ पुगेर पैसा माग्ने ?’, चेतावनी दिँदै उनले भने, ‘भनेपछि यी नरपिचास र राक्षसहरु हुन् । देश मारवाडीको हुँदैछ । सजग रहँऔं ।’ उनले सम्पूर्ण ऋणीहरुलाई ब्याजदर ५/६ प्रतिशतमा नझरेसम्म साँवा ब्याज केही नदिन आग्रह पनि गरे ।

राजनीतिक दलका नेताहरुमाथि पनि खनिएका व्यवसायी प्रसाईंले शासन प्रणालीलाई पनि दोष थोपरे । ‘संघीयता खारेज गरेर खर्च घटाउने अनि ब्यजदर घटाएर जनतालाई सहुलियतमा ऋण दिनुपर्छ’, उनले भने, ‘जनयुद्ध गरेर, प्रजातन्त्र ल्याउर आफू बन्ने यिनीहरुसँग कला रहेछ । यो देश बनाउने र जनता बनाउने कला रहेनछ ।’

केहीदिनयता राजा फर्काउने भन्दै लागिपरेका प्रसाईंले राज्यसत्ता आसिन नेताहरुकै कारण देश श्रीलंका बन्ने छाँटकाँट आइसकेको चेतावनी दिए ।

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १४:४५   :  बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।