लोकसेवा आयोगले सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । यो सँगै आगामी कात्तिक १६ गतेबाट हुने भनिएको परीक्षा पनि प्रभावित भएको छ ।
आयोगले आज एक सुचना जारी गर्दे कोरोना भाइरसको महामारीका कारण परीक्षार्थीहरुमा छाएको त्रासका कारण परीक्षा स्थगित गर्नुपरेको लोक सेवा आयोग परीक्षा संचालन साखाले जनाएको छ । त्यस्तै आयोगका कर्मचारीहरुमा कोरोना संक्रमण भई आइशोलेसनमा रहेका कारण जनशक्ति अभावका कारण पनि परीक्षा संचालन गर्न नसकिएको जनाएको छ ।
जारी सूचनामा पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका आगामी कात्तिक १६ गतेबाट हुने सम्पूर्ण लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको बताइएको छ ।
प्रतिक्रिया