Logo

आजको तस्बिर

अव्यवस्थित तारले कुरुप काठमाडौं (फोटोफिचर)



काठमाडौं । मुलुकको राजधानी काठमाडौं सहर अव्यवस्थित रुपमा टाँगिएको तारका कारण कुरुप बनेको छ । नेपाल विद्युत् प्राधिकरणको पोलमा बिजुली, टेलिफोन, केवल टेलिभिजन तथा इन्टरनेटलगायत कम्पनीले अव्यवस्थित रुपमा तार तान्दा दिनप्रतिदिन काठमाडौं कुरुप बन्दै गएको हो ।

विद्युत् प्राधिकरणले केही ठाउँमा अण्डरग्राउण्ड गरे पनि धेरैजसो ठाउँमा पोलमै टाँगिएका छन् । साथै अनावश्यक तार हटाउन अन्य सेवाप्रदायक कम्पनीहरुलाई पनि पटक-पटक आग्रह गरेको थियो, तर अहिले पनि अवस्था उस्तै छ ।

यसकाे व्यवस्थापनका लागि काठमाडाैं महानगरपालिकाले पनि प्रयास नगरेकाे भने हाेइन । अव्यवस्थित रुपमा टाँगिएका तारहरुले सहरलाई कुरुप मात्र बनाएको छैन, जोखिम पनि नित्याएको छ ।

तस्बिरहरु

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार १२:४६   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।