काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन बलर ब्रेट लीले एकदिवसीय क्रिकेटमा राखेको एउटा रेकर्ड तोडेका छन् । सन्दीपले लगातार २७ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा विकेट लिने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।
यसअघि यो रेकर्ड लीको नाममा थियो । सन्दीपले दुबईमा मंगलबार भएको आइसिसी पुरुष विश्वकप लिग–२ सिरिजमा युएईविरुद्धको खेलमा विकेट लिँदै विश्वकीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।
युएईसँगको खेलमा सन्दीपले ४५औँ ओभरमा आफ्नो अन्तिम स्पेल फ्याँकेका थिए । उनले ओभरको अन्तिम बलमा विकेट लिँदै लगातार २७ खेलमा विकेट लिने रेकर्ड बनाएका हुन् ।




















प्रतिक्रिया