Logo

प्रमुख समाचार

आठ दलबीच कुर्सीका लागि मात्र गठबन्धन बनेकाे हो : झलनाथ खनाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आठ दलीय गठबन्धन कुर्सीका लागि बनेको टिप्पणी गरेका छन् । वाम एकताको पक्षमा वकालत गर्दै आएको खनालले बुधवार मोरङको उर्लाबारी आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

पाँच वर्षभित्रमा अझै धेरै गठबन्धन बन्ने पनि पूर्वप्रधानमन्त्री खनालको ठहर छ । ‘मंसिर ४ को निर्वाचनपछि अहिले तीन महिना मात्रै भयो। यही समयमा तीनवटा समीकरण भइसक्यो। पाँच वर्षको समय बाँकी छ। त्यसैले धेरै गठबन्धन हेर्न बाँकी छ’, उनले भने, ‘अहिलेको गठबन्धन नीति तथा कार्यक्रममा भएको देखिएको छैन। कुर्सीकै कुरा हो।’

खनालले नेकपा माले र नेकपा एमालेले आम जनता र राष्ट्रको आवाज बोलेकाले सशक्त पार्टी निर्माण भएको बताउँदै राष्ट्र र जनता बिर्सिँदा पार्टीहरू कमजोर र विभाजन हुने गरेको बताए । एमाले, माओवादी, जसपा कोहीसँग पनि पार्टी एकीकरणको सम्भावना नरहेको पनि उनले प्रष्टाए।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार १६:३७   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।