Logo

प्रमुख समाचार

अचानक किन नेपाल आइन् बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन ?



काठमाडौं । बेलायतकी विदेश, विकास राज्यमन्त्री एन मरि ट्रेभेलियन नेपाल आइपुगेकी छन् । नेपाल–बेलायत सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनको नेपाल भ्रमण भएको बताइएको छ ।

ट्रेभेलियनले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल सरकारका अन्य अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस्तै, उनले अरुण तेस्रो भ्रमणको अवलोकन गर्ने छिन् । उक्त विद्युत् परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार १८:५८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।