काठमाडौं । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालको एक दिवसीय वरीयतामा दुई स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बुधबार अपडेट गरेको एक दिवसीयतर्फको वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १७औं स्थानमा उक्लिएको हो ।
यससँगै नेपालले यूएई र अमेरिकालाई पछि पारेको छ । नेपालले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासँगको लिग टू मा चारवटै खेल जितेको थियो भने यूएईमा भएका चार खेलमा तीन खेल जितेको थियो । लगातार उत्कृष्ट प्रदर्शन गरेपछि वरियतामा पनि नेपालले फड्को मारेको हो ।
सात राष्ट्र सम्मिलित लिग टू मा नेपाल ३२ खेलबाट ३२ अंक जोड्दै पाँचौ स्थानमा छ । लिग टू मा शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले बिहीबारदेखि घरेलु मैदानमा हुने यूएई र पपुवा न्युगिनीसम्मिलित शृखंलामा चारवटै खेल जित्नुपर्नेछ ।
नेपाल भन्दा पछि रहेको अमेरिका १८औं, युएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन् । भारत शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो स्थानमा छ ।




















प्रतिक्रिया