Logo

बैंकिङ

नेपाल एग्रोको पाँच वर्षमै चुक्ता पुँजी ६ करोडको नजिक



पाँचौ वर्षमा प्रवेश, दश जिल्लाका बीस हजार परिवारमा सेवा पुर्याउँदै

कास्की जिल्लाको पोखरा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आफ्नो स्थापनाको चार वर्ष पुरा गरि पाँचौ वर्ष प्रवेश गरेको छ । यो सँगै संस्थाले आ.व ०७६।०७७ मा आफ्नो चुक्ता पुँजीलाई ५ करोड ७२ लाख पु¥याउन सफल भएको छ । 
साथै अहिले कम्पनीले कास्की, पर्वत, वाग्लुङ, गुल्मी, प्युठान, रोल्पा, सल्यान, पाल्पा, तनहुँ, र लम्जुङ गरि १० जिल्ला मा २६ वटा शाखा कार्यालयहरु संचालन गरि १९ हजार ७ सय सदस्यहरुको घर परिवारमा वित्तीय सेवा प्रदान गरेको छ । 

२०७३ भाद्र महिना देखी नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरि वित्तीय कारोबार सञ्चालन गरिरहेको यस संस्थाले ग्रामिण भेगका बस्तीहरुका आर्थिक र सामाजिक रुपमा पछि परेका महिलाहरुलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको छ । 
 
संस्थाले सदस्यहरुबाट २६ करोड ८४ लाख ६६ हजार बचत संकलन गरि ७५ करोड १० लाख २९ हजार कर्जा प्रवाह गरिरहेको संस्थाका प्रमुख कार्यसञ्चालन तथा कर्जा विभाग प्रमुख नयन देवकोटाले जानकारी दिए ।

संस्थाका नि.प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले वित्तीय संस्थाको ५ औं वार्षिक उत्सवको अवसरमा सम्पूर्ण शेयरधनी, सदस्यहरु, नेपाल राष्ट्र बैंक, नियमन निकाय, कर्मचारी परिवार तथा सम्पूर्ण शुभेच्छुकहरुमा धन्यवाद तथा आभार व्यक्त गरेका छन् । यसै अवसरमा कार्यकारी अधिकृतत बोहराले आफ्ना कर्मचारीहरुलाई कोरोना महामारीको यो समयमा सदस्यमैत्री बनेर नेपाल राष्ट्र बैक तथा नीयामक निकायहरुको नीति नीयम पालना गरि कार्य गर्नको लागि निर्देशन पनि दिएका छन् ।

प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार  ३ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।