काठमाडौं । शीतलनिवासले आज (सोमबार) नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई स्वागतसँगै निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ गरेको छ । फागुन २५ गते नेपालको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित भएका पौडेलले आजै पद तथा गोपनीयताको शपथ लिँदै शीतलनिवास सरेका हुन् ।
एक विशेष समारोहका बिच नयाँ राष्ट्रपति पौडेलको स्वागत गरियो भने भण्डारीलाई बिदाइ गरियो । विदाइका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गरे । बूढानीलकण्ठस्थित निजी निवास निर्माणको काम नसकिएकाले उनी सीधै छोरी उषाकिरणको घर बालुवाटार गएकी हुन् ।
तस्बिरहरु हेर्नुहाेस्





तस्बिर : रासस





















प्रतिक्रिया