Logo

अर्थ

एनआईसी एशिया बैंकमा समस्या : एउटा चेक डिपोजिट गर्न तीन दिन !



काठमाडौं । एनआईसी एशिया बैंकमा आज विभिन्न प्राविधिक समस्या देखिएको छ । एनआईसी बैंकको चेक डिपाेजिटमा समस्या देखिएको हाे ।

बैंकको अनामनगर शाखामा चेक क्लियरेन्समा समस्या देखिएको र यो समस्याका कारण चेक डिपोजिट गर्न तीन दिनसम्म लाग्न सक्ने जवाफ बैंकले दिएका एक ग्राहकले बताए ।

एनआईसी एशियाको मोवाइल बैंकिङमा विभिन्न समस्या ग्राहकले झेल्दै आएका ती ग्राहकले बताए । उनका अनुसार क्युआर कोड स्क्यान नहुने, ट्रान्सफर गर्दा पनि अनेक समस्याहरु आउने, कहिले रकम ट्रान्सफर भइसकेपछि पनि पुग्नुपर्ने ठाउँमा समयमा नपुग्नेलगायतका समस्या छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १४:३५   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।