काठमाडौं । स्ववियु निर्वाचनको मिति नजिकिदै जाँदा क्याम्पसहरुमा चुनावी सरगर्मी बढेको छ । आगामी ५ चैतमा हुने स्ववियु निर्वाचनका लागि विभिन्न विद्यार्थी संघ-संगठनहरुले चुनावी अभियानलाई तिव्रता दिएका छन् ।
विद्यार्थी संगठनहरुले मनोनयन दर्तादेखि प्रचार अभियानमा जुटेका छन् । जस अन्तर्गत अनेरास्ववियु आरआरले पनि चुनावी अभियानलाई तिव्र पारेको छ । अनेरास्ववियुले मदन भण्डारी अध्यक्ष, दिलिप खड्का सचिव, जन्मराज न्यौपाने कोषध्यक्षसहित ११ जनाको उम्मेदवारी दिएको छ ।
उम्मेदवारहरुले आफ्नो एजेण्डासहित चुनावी अभियान चलाइरहेका छन् । आरआर क्याम्पस स्ववियु सचिव पदका उम्मेदवार दिलिप खड्काले पनि आक्रामक चुनावी प्रचार गरिरहेका छन् । उनले विद्यार्थीका मुल मुद्धा र आफ्नो कार्ययोजना सहित भोट मागिरहेका छन् ।
२०६८ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष हुँदै राजनीतिक यात्रा सुरु गरेका खड्का अनेरास्ववियुका प्रभावशाली युवा नेता हुन् । २०७२ साल देखि निरन्तर आरआर क्याम्पसको अनेरास्ववियु सबै मोर्चामा अग्रपंक्तिमा रहेर काम गरेका खड्का स्ववियु निर्वाचनलाई विद्यार्थी राजनीतिका वर्तमान समस्या र दिर्घकालिन योजना बनाउँदै चुनावमा होमिएका हुन् ।
शैक्षिक आन्दोलनलाई नयाँ आयाम दिन आफ्नो उम्मेदवारी रहेको खड्का बताउँछन् । उनले भने– ‘बदलिँदो विद्यार्थी राजनीति र बदलिँदो क्याम्पसको स्वरूपमा मेरो उम्मेदवारीले धेरै अर्थ राख्छ ।’ खड्काले स्ववियुलाई नयाँ ढंगले लानको लागी नै आफ्नो उम्मेदवारी रहेको बताए । यसपटक आरआरमा ४ हजार ७५ मतदाता छन् ।




















प्रतिक्रिया