काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको खेलमा युएईले नेपाललाई ३ सय ११ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो । लिग टू अन्तर्गत नेपालले अहिले सम्म ३५ खेलबाट ३८ अंक बनाएको छ ।
युएईका आशिफ खानले कीर्तिमानी सतक बनाए । ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट भए । यस्तै वृत्य अरबिन्दले ९४ रन बनाएर आउट भए ।
नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने सन्दीप लामिछानेले र ललित राजवंशील र सोमपाल कामीले १-१ विकेट लिए ।सन्दीप लामिछानेले जम्मा १ विकेट लिएर उनले ८० रन दिए । त्यस्तै सोमपाल कामीले ७४ रन दिएर एक विकेट लिए । त्यस्तै गुलसन झाले ६३ रन दिए ।




















प्रतिक्रिया