काठमाडौं । नेपाली काङ्ग्रेस नेता प्रकाशमान सिंहले छिटो तरुण दल केन्द्रिय समिति ल्याउनुपर्ने बताएका छन् ।
आज काङ्ग्रेसका नेता प्रकाशमान सिंहसँग उनको निजी निवास चाक्सिबारिमा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले भेटवार्ता गरेका हुन् ।
भेटमा तरुण दल केन्द्रिय समिति विस्तारको पछिल्लो प्रगतिको विषयमा छलफल भएको थियाे । नेता सिंहले तरुण दल अध्यक्षको समिति विस्तारको अग्रसरताको प्रशंसा गरे ।
तरुण दल केन्द्रिय समिति विस्तार भए पार्टीपनि मजबुत हुने कुरा बताउदैँ समिति छिटो विस्तार हुनुपर्ने कुरा नेता सिंहले बताए । देशको पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा पनि छलफल भएको सिंहले बताए ।




















प्रतिक्रिया