काठमाडौं । वर्षा वा उज्यालो कम हुँदै गएपछि वा अन्य कुनै कारण पुरै खेल खेल्न सम्भव हुँदैन, त्यस्तो अवस्थामा क्रिकेटमा डिएल मेथड प्रयोग गरिन्छ । यो विधिको पूरा नाम डकवर्थ लुइस स्टर्न मेथड हो जसलाई छोटकरीमा डिएल मेथड वा डिएलएस मेथड भनिन्छ । यो विधि तथ्यांकशास्त्रीहरु फ्रान्क डकवर्थ र टोनी लुइसले प्रतिपादन गरेका हुन् । पछि यस विधिलाई स्टिभ स्टर्नले केहि मोडिफाई गरेका थिए । उनीहरुको नामबाट नै यो विधिको नाम राखिएको हो ।
उनीहरुले यो विधि सन् १९९७ मा बनाएका थिए । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले यसलाई सन् १९९९ देखि प्रयोगमा ल्याएको थियो । हाल यो विश्वभर नै प्रयोग गरिन्छ ।
यस विधिमा दुवै टिमले बनाएको रन, बाँकी रहेको रनको आधारमा संशोधित लक्ष्य तयार गरिन्छ । सोहि अनुसार आज ४४ ओभर नेपालले खेलेको थियो । यो विधि अनुसार ४४ ओभर सकिंदा र ६ विकेट गएको अवस्थामा नेपालको रन २६० हुनु पर्ने थियो । तर त्यो बेलासम्म नेपालको २६९ रन बनि सकेको भएकोले नेपालले ९ रनले जितेको हो ।




















प्रतिक्रिया