Logo

खेलकुद

क्रिकेटर आसिफ र आरिफलाई वीरगंज महानगरले एक/एक थान मोटरसाइकल दिने



काठमाडौं । वीरगंज महानगरपालिकाले राष्ट्रिय क्रिकेट टिमका ओपनिङ्ग ब्याट्सम्यान आसिफ शेख र अलराउण्डर आरिफ शेखलाई प्रोत्साहनस्वरुप एक–एक थान मोटरसाइकल प्रदान गर्ने भएको छ । वीरगंजका उनीहरु सहोदर दाजुभाइ हुन् ।

आगामी दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले थप प्रोत्साहन र हौसला स्वरुप वीरगंज महानगरपालिकाको तर्फबाट यामाहा मोटरसाइकल एक÷एक थान प्रदान गर्ने घोषणा गरेका हुन् ।

आसिफ र आरिफसमेत संलग्न नेपाली राष्ट्रि क्रिकेट टिमले बिहीबार यूएईविरुद्ध कीर्तिमानी जित निकाल्दै जिम्बाबेमा हुने विश्वकम छानोटमा स्थान बनाएको छ । आईसीसी विश्वकम लिग टू अन्तर्गत पछिल्लो पटक भएका १२ मध्ये ११ खेलमा जित निकाल्दै विश्वकप छनोटमा पुगेको हो ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १८:२३   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।