Logo

समाचार

नेपाल टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ल्यायाे नयाँ अफर



काठमाडौं । नेपाल टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि नयाँ अफर ल्याएको छ । टेलिकमले आज शुक्रबारदेखि ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको हो ।

६३६ रुपैयाँमा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ। यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध गराएको कम्पनीले बताएको छ।

त्यसैगरी, प्रत्येक दिन ३०० एमबि डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबि डाटा सकिएमा प्रत्येक दिन ६४ केबिपिएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ। उक्त प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*२*२# डायल गर्नु पर्नेछ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १८:३५   :  बजे

405
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।