काठमाडौं । नेपाल टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि नयाँ अफर ल्याएको छ । टेलिकमले आज शुक्रबारदेखि ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको हो ।
६३६ रुपैयाँमा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ। यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध गराएको कम्पनीले बताएको छ।
त्यसैगरी, प्रत्येक दिन ३०० एमबि डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबि डाटा सकिएमा प्रत्येक दिन ६४ केबिपिएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ। उक्त प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*२*२# डायल गर्नु पर्नेछ।





















प्रतिक्रिया