काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आज साँझ लाओससँग खेल्दैछ । नेपाल र लाओसबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुन लागेको हो ।
प्रतियोगितामा नेपाल र लाओससँगै भुटानको रहेको छ । रंगशाला प्रवेशका लागि साधारण प्यारापिटतर्फ ५ सय र भीआईपी प्यारापिटतर्फ १ हजार टिकट शुल्क तोकिएको छ । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताबाटै नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले नेपाल टिमको जिम्मेवारी सुरु गर्दैछन् ।
मंगलबारको पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान किरण चेम्जोङले छोटो तयारीमा आफूहरु लाओसमाथि प्रभावशाली प्रदर्शन गर्न तयार रहेको बताएका थिए । नेपालले १४ चैतमा भुटानसँग खेल्नेछ ।




















प्रतिक्रिया