Logo

खेलकुद

साफ यू–१७ महिला च्याम्पियनसिप : भुटानको सामना गर्दै नेपाल



काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज (बुधबार) भुटानको सामना गर्दैछ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भुटानबीचको खेल राति ७ बजे सुरु हुनेछ ।

नेपाल आज भुटानलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ । सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो । भुटान पनि पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा भुटान बंगलादेशसँग ८–१ गोल अन्तरले हार व्यहोरेको थियो ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता रहेको छ । नेपालले तेस्रो खेलमा आइतबार रुससँग खेल्नेछ । यस्तै नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १२:३६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।