काठमाडौं । नेपाली कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने भएको छ । पार्टीका पूर्वमहामन्त्री एवं पूर्वउपसभातिसमेत रहेका सिंहले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकारमा उपप्रधानसहितको एक मन्त्रालय सम्हाल्ने छन् । कुन मन्त्रालय लिने भन्नबारे भने छलफल भइरहेको बताइएको छ ।
कांग्रेसले जम्मा ८ मन्त्रालय पाउने पक्कापक्की भएको छ । जसमा अर्थमन्त्रालय पनि कांग्रेसको भागमा परेको छ । अर्थमा पार्टी प्रवक्तासमेत रहेका सांसद प्रकाशरण महत पक्का जस्तै छन् ।
कांग्रेसबाट मन्त्री बन्नेहरुको सूचीमा धनराज गुरुङ, एनपी साउद, सीता गुरुङ छन् । यसैगरी सिन्धुली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य बनेका श्याम घिमिरे पनि मन्त्री बन्ने चर्चा छ ।




















प्रतिक्रिया