काठमाडौं । नेपालमा बसोबास गर्ने ४९.४ प्रतिशत मानिसहरू टेलिभिजनको पहुँचमा रहेको देखिएको छ । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार नेपालमा बसोबास गर्ने मानिसहरूमध्ये ४९.४ प्रतिशतसँग टेलिभिजनको पहुँच छ ।
यसैगरी ३४.२ प्रतिशतले रेडियो सुन्ने गरेका छन् । १५ प्रतिशत नेपालीसँग कम्प्युटर छ भने ३७.८ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा छन् । ३.९ प्रतिशत परिवारहरूमा भने कुनै पनि किसिमको सुविधा छैन ।
जनगणनामा देशका हरेक परिवारमा भएका साधन तथा सेवा सुविधाहरूका विवरण संकलन गर्न रेडियो, टेलिभिजन, ल्यान्डलाइन, मोबाइल फोन, कम्प्युटर, इन्टरनेट, सवारीसाधन लगायत १४ वटा विकल्पसहितको प्रश्न सोधिएको थियो । त्यसबाट प्राप्त परिणाम अनुसार ९६.१ प्रतिशत परिवारमा कुनै न कुनै किसिमका उपकरणहरूको पहुँच पुगेको छ ।





















प्रतिक्रिया