Logo

प्रमुख समाचार

पदम लिम्बुको परिवारलाई कोशी सरकारले तीन लाख दिने



विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा घाइते भई मृत्यु भएका पदम लिम्बु ‘लाजेहाङ’ को परिवारलाई प्रदेश सरकारले ३ लाख रूपैयाँ उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लिम्बूको निधनप्रति दुःख व्यक्त गर्दै परिवारलाई तीन लाख रुपैयाँ दिने निर्णय गरेको हो । प्रदेश सरकारले घटनाको सम्बन्धमा संघीय सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।

पहिचानका आधारमा प्रदेशकाे पुन: नामकरण गर्न माग गर्दै भएकाे प्रदर्शनमा प्रहरीले लाठी प्रहारबाट गम्भीर घाइते भएका लिम्बुकाे चैत्र १० गते राति वीपी कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएकाे थियाे ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १३:२२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।