Logo

अर्थ

रक्सौल–काठमाडौं रेलको डिपिआर एक महिनामा तयार हुने



काठमाडौं । रक्सौल–काठमाडौंको ‘रेल वे’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्र तयार हुने भएको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ‘रेल वे’को डीपीआर एक महिनामै तयार हुने जानकारी दिएका हुन् ।

भारत सरकारको सहयोगमा रक्सौलदेखि काठमाडौंसम्म रेल वे निर्माण हुन लागेको हो । ‘एक महिनाभित्र रक्सौल–काठमाडौंको रेलवे सञ्चालन सेवाको निम्ति भारत सरकारको सहयोगमा गरिएको डिटेल प्रतिवेदन पाउने हामी अपेक्षामा छौं। हामीलाई त्यस्तो जानकारी गराउनुभएको छ,’ उनले भने।

यस्तै केरूङ–काठमाडौंको रेलवे सेवा पनि चीन सरकारबाट सम्भाव्यता अध्ययन प्रक्रिया सुरू गरिने उनले बताए । ‘केरूङ–काठमाडौंको रेलवे सेवाको निम्ति चीन सरकारबाट सम्भाव्यताको अध्ययन ठोस रूपमा सुरूवात गराउने काम भएको छ,’ उनले भने ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १७:१५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।