Logo

राजनीति

सत्ता गठबन्धनको बैठक : भागबन्डामा अझै जुटेन सहमति, दिउँसो ३ बजे पुन: बस्ने



काठमाडौं । १० दलीय सत्ता गठबन्धन दलहरुबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्ताको भाखा सरेको स¥यै छ । आज (बुधबार) बसेको पहिलो चरणको बैठकमा पनि दलहरबीच भागबन्डामा सहमति जुट्न सकेन ।

आजै दिउँसो ३ बजे पुनः बस्ने गरी नेताहरु उठेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बन्दै आजै ३ बजेसम्मका लागि स्थगित भएको हो ।

कांग्रेस नेता रमेश लेखकले सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुने बताए । तीन बजे बस्ने बैठकमा थप छलफल गरेर सहमतिमा पुग्न प्रसाय गरिने उनको भनाइ छ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १२:५१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।