Logo

प्रमुख समाचार

मिटरब्याज पीडितमाथि राज्यले छलकपट गरिरहेको छ : सांसद पौडेल



काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुमाथि राज्यले छलकपट गरिरहेको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले राज्यले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै न्याय माग्न पटक पटक काठमाडौं आउनुपर्ने बाध्यता रहेको बताए ।

तराईका मिटरब्याज पीडितहरु ११ दिन पैदल हिँडेर आन्दोलनका लागि काठमाडौं आएका सन्दर्भलाई लिएर उनले रौतहटबाट अर्को समूह पनि काठमाडौं आउने तयारीमा रहेको आफूले जानकारी पाएको सांसद पौडेलले बताए ।

यसअघि नवलपरासीका मिटरब्याज पीडितले पटक पटक ६१ दिन धर्नामा बसेपछि सरकारले बनाएको कार्यदलले दिएको सुझाव पनि कार्यान्वयन नभएको उनले बताए । उक्त सुझाव कार्यदलले मिटरब्याजलाई गम्भीर आर्थिक अपराधको रुपमा स्वीकार गरे पनि त्यस अनुसार कानुन नबनाउँदा साहुकारहरुले किसानको जग्गा धमाधम हडपिरहेको बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १४:५६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।