Logo

प्रमुख समाचार

पहिला भएका सम्पत्ति जोगाऊँ, त्यसपछि लिपुलेक र लिम्पयाधुरा जोगाउँला : मेयर साह



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पहिला भएका सम्पत्ति र सभ्यताको संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘पहिला भएका सम्पत्ति र सभ्यता जोगाउन सके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ’, उनले भने, ‘हामी बागमती सभ्यता जोगाउन खोज्दैछौँ । यो मान्छेभन्दा अघिको सभ्यता हो । पहिला भएका सम्पत्ति जोगाऊँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला।’

सम्मेलनमा मेयर साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिँदै यस पटकको सरकार केही समयलाई टिकाइदिन आग्रह गरेका छन् । मेयर शाहले स्थानीय सरकार एक्लैले गर्न नसक्ने कामहरु धेरै हुँदा सरकार टिकिदिए समन्वय गर्न सजिलो हुने बताएका थिए ।

त्यस्तै उनले कार्यक्रममा उपस्थित स्थानीय तहका न्यायिक समितिका अध्यक्षसमेत रहेका उपप्रमुखहरुलाई आफ्नै क्षेत्रबाट न्याय दिन पनि वातावरण बनाउन भनेका छन् । उनले हरेक पालिकामा सिंहदरबार र सरकार छ भन्ने आभास दिलाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १५:०९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।