Logo

प्रमुख समाचार

तीन मन्त्रालय मागेकाे एकीकृत समाजवादी प्रधानमन्त्रीको जवाफ कुर्दै, मन्त्रीको नाम तयार



काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तयार रहेको बताएको छ । तीन मन्त्रालयमा दाबी गरेको यो पार्टीले सरकारमा सहभागी हुने बारेमा प्रधानमन्त्री जवाफको प्रतिक्षा गरिरहेको छ ।

बुधवार बसेको पार्टीको पदाधिकारी बैठकले आफ्नो दाबी तीन वटा मन्त्रालयमा रहेको र मन्त्रालय प्राप्त नभइसकेको र मन्त्रालय टुंगो पनि नलागेका कारण प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा रहेको बताएको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टीले धेरै त्याग गरिसकेकाले अब आफूले मागेका तीन मन्त्रालयमा आफ्नो पार्टीको अडान रहेको बताए । उनले भने, ‘धेरैबेर छलफल गरेका छौँ । तीन मन्त्रालयमा हाम्रो दाबी छ। मन्त्रालय प्राप्त भई नसकेको र मन्त्रालय पनि टुंगो लागि नसकेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा छौँ ।’

पार्टी प्रवक्तासमेत रहेका खतिवडाले तीन वटा मन्त्रालय प्राप्त नभइसकेको र मन्त्तालयको पनि टुंगो नभएकाले प्रधानमन्त्रीको जवाफ कुरेर बसेको बताए । उनले भने, ‘जुनकुनै बेला पनि मन्त्रीको नाम दिनसक्ने गरी तयारीमा छौँ । हामी तीन नाम दिन तयार भएर बसेका छौँ।’

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १६:४४   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।