काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने पक्का भएको छ । स्रोतका अनुसार बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रीको नाम टुंग्याएको छ ।
तीन मन्त्रालयमा दाबी गर्दै आएको एकीकृत समाजवादीले आफूले पाउने पक्का भएको दुई मन्त्रालयका लागि भने मन्त्रीको नाम टुंग्याएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला एकजनाको नाम मागेकाले पहिलो चरणमा भुसाल मन्त्री बन्नेछन् ।
भुसालले शिक्षा, कृषि वा श्रम मन्त्रालयमध्ये एक पाउने बताइएको छ । यस्तै, ज्वालालाई भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाउने एकीकृत समाजवादीको तयारी छ ।




















प्रतिक्रिया