काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन बैठक बिचमै छाडेर चितवन उडेका छन् । मन्त्रालय भागबण्डाका लागि आज बिहान आह्वान भएको बैठक बालुवाटारमा बसेको थियो ।
चितवनमा विमानस्थल भवनको शिलान्यासका लागि उनी बालुवाटारबाटै हेलिकप्टरमार्फत चितवन गएका हुन् । उनी दिउँसो एक बजे काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ ।
आजै प्रचण्डले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।




















प्रतिक्रिया