Logo

राजनीति

मिटरब्याजी पीडितसँग सरकारी टोलीको वार्ता



काठमाडौं । मिटरब्याज पीडितहरुसँग सरकारको वार्ता जारी छ । सरकारी टोली र मिटरब्याजी संघर्ष समितिबीच अहिले गृह मन्त्रालयमा वार्ता भइरहेको हो ।

सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोज कुमार पासवान नेतृत्वको टोली वार्तामा सहभागी छन् ।

११ दिन पैदल हिँडेर तराईबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले आन्दोलन चर्काएपछि उनीहरुसँग वार्ता गर्न सरकारले गृहकी सहसचिव शर्माको नेतृत्वमा वार्ता टोली बनाएको थियो । उक्त टोलीले मिटरब्याजी पीडितहरुसँग वार्ता थालेको हो ।

संघर्ष समितिले वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने बताएका छन् । आज १२ बजेदेखि बानेश्वरमा धर्ना र आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार ११:४६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।