काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् । लोसपाले आफ्नो भागमा परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा भण्डारीलाई पठाउने निर्णय गरेको हो ।
सत्तारूढ गठबन्धनबीच नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले (प्रधानमन्त्रीसहित) ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय लिने सहमति भएको छ ।




















प्रतिक्रिया