Logo

प्रमुख समाचार

युवा अर्थशास्त्री स्वर्णिम वाग्लेले छाडे कांग्रेस, रास्वपाबाट तनहुँ १ मा उपनिर्वाचन लड्ने



काठमाडौं । युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेका छन् । उनले कांग्रेस नेताहरुलाई एसएमएसमार्फत आफू कांग्रेस नरहेको सन्देश पठाएका हुन् ।

अर्थविद् डा. वाग्लेले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित ४ नेतालाई आफू कांग्रेसमा नरहेको सन्देश पठाएका हुन् । वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको छ । यही सन्दर्भमा वाग्लेले महामन्त्रीद्वयसँगै नेताहरु शेखर कोइराला र डा. गोविन्दराज पोखरेललाई एसएमएस पठाएर आफू कांग्रेसमा नरहेको बताएका एक नेताले जानकारी दिए ।

स्रोतका अनुसार डा. वाग्ले रास्वपाबाट तनहुँ १ को उपनिर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । रास्वपाले गत ४ मंसिरको चुनावमै उनलाई काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरेको थियो । तर त्यतिबेला कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा रहेका वाग्लेले अस्वीकार गरेका थिए ।

त्यसबेला डा. वाग्ले कांग्रेसबाटै उम्मेदवारको आकांक्षी भए पनि उनले टिकट पाएका थिएनन् । उनले चितवनबाट चुनाव लड्न चाहेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १६:०५   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।