Logo

प्रमुख समाचार

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिए



काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ ।

आयोगले आगामी १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि चितवन २ का लागि जिल्ला न्यायाधीश बासुदेव न्यौपाने, बारा २ का लागि मुकेश उपाध्याय र तनहुँ १ का लागि कमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्याल खुल्नेछ भने उपनिर्वाचनका लागि २० गते उम्‍मेदवारीको मनोनयन दर्ता हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १७:०३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।