काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरुको नाम टुंगो लगाएका छन् । साथै कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषय पनि टुंगिएको छ । बिहीबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले मन्त्रीको नाम टुंग्याउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको थियो ।
सत्ता गठबन्धनमा भागबन्डा मिलाउँदा कांग्रेसको भागमा ८ मन्त्रालय परेको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय सम्हाल्ने छ ।
कांग्रेसले अर्थमा प्रवक्ता प्रकाशशरण महत, सहरीमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बु र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने भएको छ ।
उपसभापति खड्का र नेता रमेश रिजालमध्ये परराष्ट्र र रक्षा मन्त्रालय कसले सम्हाल्ने अन्तिम टुंगो लागिसकेनसकेको बताइएको छ । उपप्रधानसहित परराष्ट्र वा रक्षा मध्ये एउटा मन्त्रालय लिएर खड्का सरकारमा सहभागी हुने छन् ।




















प्रतिक्रिया