Logo

राजनीति

बिहीबार पनि भएन मन्त्रिपरिषद विस्तार, फेरि शुक्रबारलाई मिति सर्‍यो



काठमाडौं । दश दलीय सत्ता गठबन्धनमा भागबन्डाको अन्तिम सहमित नजुट्दा बिहीबार पनि मन्त्रिपरिषद विस्ता हुन सकेन । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति सरेको हो ।

बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्नेगरी छलफल गरिएपनि सहमति जुट्न ढिलाइ भएपछि शुक्रबारसम्मका लागि समय सरेको हो । अब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

यद्यपि अझैपनि सबै पार्टीले पाउने मन्त्रालयको टुंगो लागिसकेको छैन । शुक्रबार बिहान एक चरण छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने गठबन्धनको तयारी रहेको बताइएको छ ।

  • याे पनि…

कांग्रेसबाट कसले कुन मन्त्रालयमा पाउँदैछन् जिम्मेवारी ?

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार २२:०९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।