काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचन हुने तीनै क्षेत्रका लागि उम्मेदवार टुंग्याएको छ । जसअनुसार चितवन २ मा निर्विकल्प पार्टी सभापतिसमेत रहेका रवि लामिछाने उम्मेदवार बन्ने छन् ।
तनहुँ १ बाट बिहीबार मात्रै नेपाली कांग्रेस परित्याग गरेका युवा अर्थशास्त्री स्वर्णिम वाग्ले उम्मेदवार बन्ने छन् । यद्यपि रास्वपाले प्रारम्भिक उम्मेदवारको सूचीमा ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको नाम पनि सूचीमा समावेश गरेको छ । यसैगरी बारा–२ का लागि रमेश खरेल र युवराज न्यौपानेको नाम प्रारम्भिक सूचीमा छ ।
निवर्तमान गृहमन्त्रीसमेत रहेका रवि लामिछाने नागरिकता प्रकरणमा दोषी ठहरिएपछि चितवन २ प्रतिनिधिविहीन भएको हो भने तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचिन हुने भएको हो ।
यी तीनै क्षेत्रमा निर्वाचन आयोगले एकसाथ वैशाख १० मा उनिर्वाचिन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।




















प्रतिक्रिया