Logo

प्रमुख समाचार

उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक आज (शनिबार) बस्दैछ । बैठक साढे १२ बजे पार्टी मूख्य कार्यालय च्यासलमा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

चितवन–२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ–१ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको बताइएको छ । स्रोतका अनुसार सचिवालय बैठकबाट औपचारिक निर्णय हुने छ ।

यस्तै बारा– १ बाट को उठाउने भनेर पनि बैठकमा टुंगो लगाउने जनाइएको छ । बैशाख १० गते तीन वटै क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार ११:२९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।