काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक आज (शनिबार) बस्दैछ । बैठक साढे १२ बजे पार्टी मूख्य कार्यालय च्यासलमा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
चितवन–२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ–१ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको बताइएको छ । स्रोतका अनुसार सचिवालय बैठकबाट औपचारिक निर्णय हुने छ ।
यस्तै बारा– १ बाट को उठाउने भनेर पनि बैठकमा टुंगो लगाउने जनाइएको छ । बैशाख १० गते तीन वटै क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।




















प्रतिक्रिया