Logo

राजनीति

माग सम्बाेधन हुने आशामा चुरे संरक्षण अभियन्ताले तोडे आमरण अनशन



जनकपुरधाम । चुरे तथा वन जंगल संरक्षण अभियानका अध्यक्ष सुनिल यादवले अनशन तोडेका छन् । पाँच सुत्रीय मागसहित शुक्रबार जनकपुरधामको जनकचोकमा आमरण अनशन बसेका उनले मधेश प्रदेश सरकारले एकसाताभित्र वार्ता गरी माग सम्बोध गर्ने मौखिक आश्वासन दिएपछि अनसन तोडेका हुन् ।

अध्यक्ष यादवलाई आज मुख्यमन्त्री सरोजककुमार यादवले जुस खुवाएर अनशन तोडाएका हुन् । ख्यमन्त्री यादवले एकसाताभित्र वार्ता टोली बनाएर अभियानको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

विगतमा आमरण अनशन बस्दा मधेश सरकारले सम्झौता गरेको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, खोला उत्खननको विरोध गर्दा हत्या गरिएका युवा महतोलाई पर्यावरणीय शहिद घोषणा गर्नुपर्ने, अवैध क्रसर उद्योगहरुको गतिविधि उपर तत्काल रोक लगाउनु पर्नेलगायतका माग राखेर यादवले अनसन थालेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार १२:३४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।